Kathmandu Press

कृष्ण–लीलाको नयाँ गीत ‘ए मेरो हजुर..’ सार्वजनिक

काठमाडौं, असार ११ : चलचित्र ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ।दीपक वली निर्देशीत चलचित्रको गीतमा रवि ओड र...
कृष्ण–लीलाको नयाँ गीत ‘ए मेरो हजुर..’ सार्वजनिक

काठमाडौं, असार ११ : चलचित्र ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ।

दीपक वली निर्देशीत चलचित्रको गीतमा रवि ओड र सुनीता कार्कीको स्वर छ। गीतमा डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत रहेको छ। गीत उत्सव दाहालले खिचेका हुन् भने कोरियोग्राफी माइकल चन्दले गरेको छन्।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्रीले अभिनय गरेका छन्। गीत मनाङ जिल्लाको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खिचिएको हो।

कार्यक्रममा अभिनेता पुष्पले ‘कृष्ण–लीला’ मा आफूले मिहीनेत गरेको स्मरण गर्दै ‘ए मेरो हजुर..’ पनि दर्शकले अधिक मन पराउने बिश्वास व्यक्त गरे। ‘फिल्म तथा गीतका लागि मिहीनेत गर्न कत्ति पनि कन्जुस्याइँ गरेका छैनौ,’ उनले भने।  

त्यसैगरी यो नै आफ्नो प्रदर्शन हुन लागेको डेब्यु चलचित्र भएकाले आफू निकै उत्साहीत रहेको अभिनेत्री श्रद्धाले बताइन्। उनले ‘कृष्ण–लीला’को अघिल्ला गीतले दर्शकको मन जितिसकेकाले यो गीतले पनि माया पाउने बिश्वास ब्यक्त गरिन्।

प्रस्तुतकर्ता रोहित कट्टेलले कोरोना कालमा निकै दुःखका साथ ‘कृष्ण–लीला’ निर्माण गरेको स्मरण गर्दै आफूहरु अब चलचित्र निर्माणमा निरन्तर लाग्ने बताए। निर्देशक वलीले आफूले मनोरञ्जनक चलचित्र निर्माण गरेको बताए।

प्रकाशित मिति: ११:२७ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्