Kathmandu Press

चीन उडानका लागि कूटनीतिक पहल गर्न परराष्ट्रलाई पत्र

काठमाडाैं, कात्तिक २४ : नेपाल एयरलाइन्सलाई चीन उडानका लागि कूटनीतिक पहल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्....

चीन उडानका लागि कूटनीतिक पहल गर्न परराष्ट्रलाई पत्र

काठमाडाैं, कात्तिक २४ : नेपाल एयरलाइन्सलाई चीन उडानका लागि कूटनीतिक पहल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

नेपाल वायु सेवा निगमले ६ वर्षदेखि पहल गरेपनि चीन उडानका लागि अनुमति पाएको छैन। जसले गर्दा चिनियाँ विमान सेवा कम्पनीले नेपाल उडान गरिरहेको भएपनि वायु सेवा निगम भने अनुमतिकै पर्खाइमा छ।

चीनले लामो समयदेखि उडान अनुमति नदिएपछि कूटनीतिक पहलका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आईतबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो । पर्यटन मन्त्रालय स्रोतका अनुसार, चीनको ग्वान्जाओ र जापानको नारितामा उडानका लागि कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको छ।

Hardik ivf

केही महिना अघि चीन उडानका लागि नेपाली राजदूत लीलामणि पौडेलमार्फत कूटनीतिक पहल गरिएको थियो। राजदूत पौडेलको पहलमा निगमलाई प्रारम्भीक उडान अनुमति मिलेको थियो तर, अन्तिम समयमा ‘सेप्टी अडिट’ गर्ने भन्दै चीनले रोकेर राखेको छ। चीनले ‘सेप्टी अडिट’ गर्ने समय पनि पटकपटक सार्दै आएको छ।

निगमको प्रयासले उडानका लागि अनुमति नमिलेपछि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहलका लागि आग्रह गरिएको पर्यटन मन्त्रालय स्रोतले बतायो। निगमको आग्रहमै पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको जनाएको छ।

सन् २०१४ देखि नेपाल वायुसेवा निगमले चीनको ग्वान्जाओ उडानका लागि अनुमति माग्दै आएको हो। तर चीनले हालसम्म प्रक्रियामै अल्झाइराखेको छ। चीनको हवाई विभागले पाँच वर्ष अघि निगमको ‘सेफ्टी अडिट’ गरेर अनुमति दिने बताएको थियो। तर, अहिलेसम्म ‘सेफ्टी अडिट’ गर्न चिनियाँ टोली नेपाल आएको छैन।

आफ्नै लगानीमा संचालित हिमालय एयरलाइन्सलाई भने चीनले बेइजिङ उडानका लागि अनुमति दिएको छ। लक्ष्मीपूजाको दिनदेखि चिनियाँ र नेपाली लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले बेइजिङमा उडान गर्दै आएको छ।

सन् १९९४ देखि २००७ सम्म निगमले चीनको साङघाई ट्रान्जिट गरी जापान उडान गरेको थियो। तत्कालीन समयमा लामो दूरीको अन्तर्राष्ट्रिय उडानका लागि विमान अभाव भएको भन्दै चीन र जापान उडान बन्द गरिएको थियो।

चीन र जापान उडान बन्द भएको करिव १२ वर्षपछि निगमले भदौ १२ देखि जापानको ओसाका उडान सुरू गरेको छ। तर, चीन उडान भने अन्योलमै छ।

याे पनि पढ्नुस् : नेपाल एयरलाइन्सलाई चीनको अघोषित नाकाबन्दी

प्रकाशित मिति: १४:५१ बजे, आइतबार, कात्तिक २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्