राजु लामालाई आएन ‘ठूली’ फकाउन हेर्नुहोस् भिडियो

काठमाडौं असार १० : भर्खरै सगरमाथाको सफल आरोहण गरेर फर्केका लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक भएको छ।
राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रा। लि। ले सार्वजनिक गरेको हो। यस गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गित सरोज लामाको रहेको छ।
त्यसैगरी यस भिडियोमा आकाश श्रेष्ठ र बिना राउतले गज्जबको अभिनय गरेका छन्। अर्जुन तिवारीले छायाङ्कन गरेको यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन।
त्यस्तै उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
प्रकाशित मिति: १९:१२ बजे, शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












