चिकित्सा आयोगमा अयोग्य नियुक्त भन्दै सामाजिक संजालमा बहश
काठमाडौं, कात्तिक २४ : मेडिकल शिक्षालाई थप व्यवस्थित बनाउने उदेश्यले गठन भएको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लगायत अयोग्य पदाधिकारी नियुक्....

काठमाडौं, कात्तिक २४ : मेडिकल शिक्षालाई थप व्यवस्थित बनाउने उदेश्यले गठन भएको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लगायत अयोग्य पदाधिकारी नियुक्त भएको भन्दै सामाजिक संजालमा विरोध भैरहेको छ।
चिकित्सा शिक्षा आयोगको जन्मदता डा.गोविन्द केसी सुदूरपश्चिमको डडेलधुरमा आमरण अनशन बसिरहेका बेला काठमाडौंमा डा.केसीले कल्पना गरेको भन्दा ठिक विपरितका व्यक्ति आयोगको नेतृत्वमा पुगेका भन्दै विरोभ भएको छ। ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष उच्चनैतिकवादन हुनुपर्छ तर विद्यार्थीको नाममा आएको एक करोड हिनामिना गर्ने व्यक्ति कसरी उच्च नैतिकवान कहलिए ?’ भनेर ट्विटरमा तारा गौमतले पश्न गरेका छन्।
त्यस्तै अमृत दुलालले ट्विटरमा लेखका छन्, ‘चिकित्सा शिक्षा आयोगमा आफु निकट अयोग्य कार्यकर्ता नियुक्त गरेर आयोगलाई कमाई खाने भाडो किन बनाएको ?’
सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई मेन्सन गरेर बहश भैरहेकाे छ।











