महोत्सवमा सुनसरीकी टीका आत्रेयको कविता पहिलो
काठमाडाैं, असार १० : नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कविता महोत्सवमा सुनसरीका टीका आत्रेयको ‘संकल्प’ शीर्षकको कविता पहिलो भएको छ।यसैगरी धादिङका...
काठमाडाैं, असार १० : नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कविता महोत्सवमा सुनसरीका टीका आत्रेयको ‘संकल्प’ शीर्षकको कविता पहिलो भएको छ।
यसैगरी धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ दोस्रो भएको छ। यसैगरी तेस्रो हुने कवितामा भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाइ मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ गरी तीन कविता रहेको प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पहिलो हुनेलाई रु. ५० हजार, दोस्रो हुनेलाई रु. ४० हजार र तेस्रो हुने कवितालाई रु. ३० हजार पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ।
२०२२ सालदेखि प्रतिष्ठानले कविता महोत्सव आयोजना सुरु गरेको हो। यो ५३औँ कविता महोत्सव हो। महोत्सवमा भाग लिने ५८८ कविताले आवेदन दिएकामा ३० कविता छनोट भएका थिए।








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)