Kathmandu Press

कालापानीबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्री

काठमाडौं, कात्तिक २४ : कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ।

भारतले जारी गरेको नयाँ नक्सामा पुनः ....

कालापानीबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्री

काठमाडौं, कात्तिक २४ : कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ।

भारतले जारी गरेको नयाँ नक्सामा पुनः नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको क्षेत्र समेटेपछि विवाद बढ्दै गएको छ। यस विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री ओलीलाई सोमबारलाई बोलाएको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयका अनुसार, भारतले जारी गरेको नयाँ नक्सा, नेपालले चालेको कदमलगायतका विषयमा छलफल हुनेछ। समितिले अन्य सरोकारवाला निकाय र व्यक्तिलाई पनि छलफलका लागि बोलाउने जनाएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भोरतले आफ्नो नक्सामा समेटेपछि नेपालमा विरोध हुँदै आएको छ। देशभर दैनिक प्रदर्शन भइरहेको छ।

यसै विषयलाई लिएर प्रधानमन्त्री ओलीले सवै दलका नेताहरूसँग छलफल गरेका थिए। शनिबार बालुवाटारमा भएको छलफलका सबै दलका नेताले लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे भारतसँग कूटनीतिक पहल गर्न सुझाएका थिए।

सन् १९६२ देखि भारतले कालापानी क्षेत्रमा अतिक्रमण सुरु गरेकाे हाे। अहिले कालापानीमा सुरक्षाकर्मीकाे क्याम्प राखेकाे छ भने लिम्पियाधुरा र लिपुलेकलाई पनि आफ्नाे नक्सामा समेटेकाे छ।

 

प्रकाशित मिति: ११:५६ बजे, आइतबार, कात्तिक २४, २०७६