आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै
काठमाडौं, कात्तिक २४ : मंसिर १४ गते हुने उपनिर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिँदै छ।
निर्वाचन आयोग....

काठमाडौं, कात्तिक २४ : मंसिर १४ गते हुने उपनिर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिँदै छ।
निर्वाचन आयोगका अनुसार, आज दिउसो दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ। त्यसभन्दा अघि दिउसो १ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि समय दिइएको छ।
निर्वाचन आयोगले शनिबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो। त्यसमा उजुरीका लागि आह्वान गरिएको थियो। तर, कुनै पनि उम्मेदवारबारे उजुरी नपरेको आयोगले जनाएको छ।
मंसिर १४ मा प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन, नगरपालिका मेयरको एक, गाउँपालिका अध्यक्षको तीन, उपाध्यक्षको एक र वडाध्यक्षको ४३ पदमा उपनिर्वाचन हुन लागेको हो।
प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं. २, प्रदेश सभा सदस्यका लागि भक्तपुरको निर्वाचन क्षेत्र नं १ (क), बाग्लुङको क्षेत्र नं. २ (ख) र दाङ क्षेत्र नं. ३ (ख) मा निर्वाचन हुन लागेको हो। आज यिनै चार ठाउँका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
स्थानीय तहको निर्वाचन कार्यक्रम भने कात्तिक २७ गतेबाट सुरू हुनेछ।











