Kathmandu Press

काठमाडौंमा अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन हुँदै

काठमाडौं, कात्तिक २४ : बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा  कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन हु....

काठमाडौंमा अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन हुँदै

काठमाडौं, कात्तिक २४ : बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा  कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन हुने भएको छ।

ऋषिमुनिको देश नेपालबाट नयाँ सन्देश दिनका लागि सम्मेलन गर्न लागिएको सम्मेलनका व्यवस्थापक एवम  संरक्षक नन्दकुमार चौधरीले बताए। दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए।

सम्मेलनमा शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदूर र समाजसेवीको सहभागिता रहनेछ। संसारका ३२ देशबाट शाकाहारी नागरिकको हसभागिता रहने उनले बताए।

कार्यक्रमका संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समागममा ६० हजारभन्दा बढीको सहभागिता रहनेछ। सहभागी सबैलाई खाना, बस्न र एक्युप्रेसर शिविर पनि निःशुल्क आयोजना गरिने जनाएको छ।

 

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, कात्तिक २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्