Kathmandu Press

देउवाले भने- कालापानी हाम्रो हो, वार्ताबाटै सीमा विवाद समाधान गरौ

काठमाडौं, कात्तिक २३ : प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले कालापानी नेपालको भएको बताउदै कूटनीतिक तवरबाट उक्त भुमि फिर्ता गराउन सरकारला....

देउवाले भने- कालापानी हाम्रो हो, वार्ताबाटै सीमा विवाद समाधान गरौ

काठमाडौं, कात्तिक २३ : प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले कालापानी नेपालको भएको बताउदै कूटनीतिक तवरबाट उक्त भुमि फिर्ता गराउन सरकारलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा डाकेको सर्वपक्षीय बैठकमा बोल्दै देउवाले कुटनीतिक तवरबाट सीमा विवादको समस्या समाधान गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन पहल गर्नुपर्ने बताए ।  ‘कालापानी हाम्रो हो। वार्ताबाटै सीमा विवाद समाधान गर्नुपर्छ’ बैठकपछि संचारकर्मीहरुसँग देउवाले भने। 

बैठक सकिए लगत्तै देउवाले सामाजिक संजालबाट पनि भारतबाट अतिक्रमित भूमि फिर्ता लिन नेपाल सरकारले पहल गर्नुपर्ने उल्लेख गरेका छन्।  ‘अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्छ। यसका लागि कांग्रेसको पूर्ण साथ रहन्छ,’ सभापति देउवाले सामाजिक संजालमा लेखेका छन्। 

प्रकाशित मिति: २१:०९ बजे, शनिबार, कात्तिक २३, २०७६