Kathmandu Press

भारतसँगको सिमा विवादमा छलफल गर्न बालुवाटारमा सर्वदलिय बैठक

काठमाडौं, कात्तिक २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठक सुरु भएको छ।

 प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठ....

भारतसँगको सिमा विवादमा छलफल गर्न बालुवाटारमा सर्वदलिय बैठक

काठमाडौं, कात्तिक २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठक सुरु भएको छ।

 प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सीमा विवादबारे सर्वपक्षीय छलफल हुने बताइएको छ। 

भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी र लिपु लेक भारतमा राखेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस लगायतले त्यसको विरोध गरेका छन् । सरकारले पनि त्यस विषयमा सबै पक्षसँग छलफल गरी समस्या समाधानको कूटनीतिक पहल गर्ने बताउँदै आएको छ । शनिबार अपरान्ह सुरू भएको छलफलमा दलहरुबीच सँझा धारणा बनाउन पहिल गरिने बताइएको छ। 

बैठकमा प्रधानमन्त्री शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, सरकारका मन्त्रीहरू,  सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न दलका नेताहरू लगायतको सहभागीता छ।

सबै पक्षसँग छलफल गरी सीमा विवाद अन्त्यका लागि भारतसँग छलफल गर्ने प्रधानमन्त्रीको योजना छ। देशभर २३ ठाउँमा सीमा विवाद छ। भारतले नक्सा जारी गरेपछि विरोधमा नेपालमा विद्यार्थी संगठनले आन्दोलन गरिराखेका छन्।

प्रकाशित मिति: १७:३४ बजे, शनिबार, कात्तिक २३, २०७६