बाँकेमा ट्याक्टर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
कोहलपुर, कात्तिक २३ : बाँकेको फत्तेपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जना....
कोहलपुर, कात्तिक २३ : बाँकेको फत्तेपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ।
शनिबार बिहान दुई बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जीव धम्लहवाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए।
राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त २९०१ नम्बरको ट्याक्टर र म २ प ७०३४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।






