Kathmandu Press

चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक

काठमाडौं, असार ९ : असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक भएको छ।असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा...
चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक

काठमाडौं, असार ९ : असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक भएको छ।

असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सो फिल्मको दोस्रो टिजर सार्वजनिक गरिएको हो। अनुप बरालको निर्देशनमा बनेको चलचित्र ‘दोख’को  यो नयाँ टिजर हो।

चलचित्रमा अभिनेत्री दिया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय रहेको छ।

राजन कठेतले माओवादी द्वन्द्वकालको परिवेशमा आधारित रहेको यो चलचित्रको कथा लेखेका हुन्।  गाउँले महिलाको भूमिकामा देखिएकी दिया र विद्यालयका शिक्षकको भूमिकामा देखिएका मनीषबीचको प्रेममा माओवादी जनयुद्धको प्रभावलाई प्रस्तुत गरिएको छ।

भर्खरै अमृत गुरुङको स्वरमा रहेको ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले चलचित्रको ट्रेलर पनि छिट्टै सार्वजनिक गर्ने बताएको छ।

प्रकाशित मिति: १३:११ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्