बखेडा झिकेर भारतले निहुँ खोज्नुको तुक छैन : मन्त्री भट्टराई
काठमाडौं, कात्तिक २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कालापानी र लिपुलेकबारे भारतले बखेडा झिकेर छिमेकीसँग निहुँ खोज्न....
काठमाडौं, कात्तिक २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कालापानी र लिपुलेकबारे भारतले बखेडा झिकेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक नभएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री भट्टराईले नाकाका विषयमा बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक नभएको बताएका हुन्। उनले भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन दिनु नै राम्रो हुने सुझाव दिएका छन्।
‘लिम्पियाधुराबाट उत्पति भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुको भनाइबाट प्रष्ट हुन्छ,’ उनले भनेका छन्।
मन्त्री भट्टराईले लिपुलेक र कालापानी नेपालले कुनै पनि हालतमा नछोड्ने बताए। ‘नेपालले छोड्ने कुरै आउँदैन। सिंगो नेपाल एक छ,’ उनले भनेका छन्।






