Kathmandu Press

देश निर्माणमा श्रमिकको भूमिका महत्वपूर्ण : भट्टराई

पोखरा, कात्तिक २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर २ की उम्मेदवार नेतृ विद्या भट्टराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपू....

देश निर्माणमा श्रमिकको भूमिका महत्वपूर्ण : भट्टराई
फाइल

पोखरा, कात्तिक २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर २ की उम्मेदवार नेतृ विद्या भट्टराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्।

जिफन्ट गण्डकीले शनिबार पोखरामा आयोजना गरेको श्रमिकहरुको भेलालाई सम्बोधन गर्दै उनले  श्रम  क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न अग्रसर भइरहेको बताइन्।

उनले सामाजिक सुरक्षा ऐनलाई थप प्रभावकारी बनाउन र श्रमीकहरुलाई थप सवलिकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताइन्। देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने भएकाले सबैले श्रमको सम्मान गर्न सक्नपर्ने उनको भनाइ छ।

 भट्टाईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भएकाले श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताइन्।


 

प्रकाशित मिति: १२:५७ बजे, शनिबार, कात्तिक २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्