‘खुला ठाउँलाई खुलै राखौं’ भन्दै अकुपाई टुँडिखेल (फोटो फिचर)
काठमाडौं, कात्तिक २३ : खुलामञ्च अतिक्रमण रोक्न सरकारको ध्यानकर्षण गराउने उद्देश्यले टुँडिखेल र रत्नपार्क क्षेत्रलाई मानव साङ्लोले घेरिएको छ। ‘अक....
काठमाडौं, कात्तिक २३ : खुलामञ्च अतिक्रमण रोक्न सरकारको ध्यानकर्षण गराउने उद्देश्यले टुँडिखेल र रत्नपार्क क्षेत्रलाई मानव साङ्लोले घेरिएको छ। ‘अकुपाई टुँडिखेल’ अभियान अनुसार शनिबार बिहान टुँडिखेल, खुलामञ्च र रत्नपार्कलाई मानव साङ्लोबाट घेरिएको हो।
नागरिकस्तरबाट आयोजित यो कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान र गगन थापा, कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा, सञ्चारकर्मी रवि लामिछाने लगायत सयौं सहभागी थिए।
‘टुँडिखेल कसको विर्ता? अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।
खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उद्घाटन गरेपछि संरक्षणको सन्देश दिन मानव साङ्लो बनाइएको आयोजकहरुले जनाएका छन्। कार्यक्रममा सम्बोधन गर्दै अभियन्ताहरुले सार्वजनिक सम्पत्ति संरक्षणमा सरकारले ध्याननाकर्षण गर्ने उद्देश्यले खबरदारी कार्यक्रमको सुरुवात गरिएको जनाएका थिए। उनीहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि सभामा जनाएका थिए।
.jpg)
.jpg)
.jpg)
.jpg)






