चितवनमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
भरतपुर, कात्तिक २३ : चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
नारायणगढ–मुग्....

भरतपुर, कात्तिक २३ : चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १४ प ७१६८ न को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो।
दुर्घटनामा घाइते मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–१४ का २४ वर्षीय बुद्धि पन्तको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।
मोटरसाइकल पछाडि सवार व्यास– १३ का २५ वर्षीय सुरेश हड्खले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: ०८:५६ बजे, शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











