सिड्नीमा ‘नेपाल आइडल–लाइभ’
सिड्नी, माघ २५ : नेपाली रियालिटी शो नेपाल आइडल सिजन–२ का बिजेता रबि ओडसहित टप ६ गायक गायिका अहिले सिड्नी आइपुगेका छन् । फेब्रुअरी ८ शुक्रब....

सिड्नी, माघ २५ : नेपाली रियालिटी शो नेपाल आइडल सिजन–२ का बिजेता रबि ओडसहित टप ६ गायक गायिका अहिले सिड्नी आइपुगेका छन् । फेब्रुअरी ८ शुक्रबार सिड्नीको लिभरपूल स्ट्रिटस्थित सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा सहभागी हुन उनीहरु सिड्नी आएका हुन् ।
सिड्नीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइडलका विजेता रवि ओडले भने, 'अन्य शहरको तुलनामा सिड्नीमा आफूहरूले दर्शकको माया धेरै पाउनेमा ढुक्क छु ।'
उक्त साक्षात्कार कार्यक्रममा आफ्नो प्रेरणाको स्रोतबारे बोल्दै रवि ओडलगायत विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बरालले आफनो परिवारलाई नै आफनो प्रेरणाको स्रोत रहेको बताए भने पवन गिरीले गहभरी आँशु झार्दै भने, 'प्रेरणाको स्रोत चाँही आफु स्वयमकै संघर्षलाई मानेको र अहिले आफु सफल भएकोमा बुवा आमाले गर्ब गरेको देखेर आफु निकै खुशी भएको छु ।'
कार्यक्रममा नेपाल आइडलकी सञ्चालिका रीमा बिश्वकर्माले जनताको मन्चबाट उठेका र मनबाट रोजिएका यि कलाकारहरू आफैंमा परिस्कृत भइसकेको बताउँदै आफू पनि सिड्नीको दर्शकसँग साक्षात्कार गर्न निकै आतुर रहेको बताइन् ।
त्यसैगरी, आयोजक नेपाली टचका संयोजक राजकुमार गोस्वामीले नेपाल आइडलका लागि बिदेशबाट साथ दिने साक्षात्कार गर्ने अवसरका रुपमा नेपाली टचले भूमिका निर्वाह गरेको बताए भने नेपाली टचका फाउण्डर दिपेश पुनले सबै दर्शकको माया र ममताको आवश्यकता रहेको र आफुहरुले समर्थकको साथ पाउने पनि बताए ।
मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसका संचालक बद्री अर्यालले नेपाली कला, साहित्य अनि भाषाको जर्गेना गर्ने बिषयमा एक्सपर्ट सँधै अगाडि रहेको बताए ।
नेपाली टचको आयोजनामा हुने सांगीतिक यात्राको सिड्नी संस्करणको मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिस रहेको छ ।
कार्यक्रममा १८ बर्ष माथिका मात्र सहभागी हुन सक्नेछन् । कार्यक्रमको टिकट टिकट प्लसबाट खरिद गर्न सकिने छ । कार्यक्रमको कम्युनिकेसन पार्टनरमा एक्सपर्ट टेलिकम रहेको छ भने कार्यक्रमलाई एभरेष्ट कम्युनिकेसन तथा एडभान्स कलेज अफ हेल्थले सहयोग पुर्याएको छ ।
कार्यक्रमको भिसा पार्टनरमा इपि एजुकेसन अस्ट्रेलिया, ट्राभल पार्टनरमा बुद्ध ट्राभल एण्ड टुर्स, हस्पिटालिटी पार्टनरमा इन्द्रेणी फंग्सन सेन्टर तथा लिगल पार्टनरमा डीयम लिगल रहेको आयोजकले जानकारी गराएको छ ।
अष्ट्रेलियाको पर्थ, ब्रिसबेन र मेलबर्न हुँदै उनीहरु कोरियामा आयोजित सांगीतिक कार्यक्रम सकेर सिड्नी आइपुगेका हुन् । नेपाल टचले यसअघि पनि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरुलाई अष्ट्रेलिया कन्सर्टमा प्रस्तुत गरिसकेको छ ।












