लिपुलेकबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय बैठक
काठमाडौं, कात्तिक २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले सर्वदलीय र विज्ञहर....
काठमाडौं, कात्तिक २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले सर्वदलीय र विज्ञहरुको परामर्शबाट लिपुलेकबारे समान धारणा बनाउन शनिबार अपरान्ह ४ बजे बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्व परराष्ट्रमन्त्रीहरु, सीमा विज्ञ लगायतलाई आमन्त्रण गरिएको छ।
भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूभाग लिपुलेक पनि राखेको छ। त्यसको विरोधमा नेपालमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसबारे छलफलका लागि सर्वपक्षीय बैठक बोलाएका हुन्।
बैठकमा नेकपा, कांग्रेस, राजपा लगायत राजनीतिक दलका नेताहरुलाई पनि बोलाइएको छ। भारतले नेपाली भू-भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि केही दिन यता काठमाडौंसहित देशभर चर्को विरोध भइरहेको छ।






