Kathmandu Press

रूप ज्योतिलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति 

काठमाडौं, कात्तिक २२ : ठगी मुद्दामा पक्राउ परेका व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिए....

 रूप ज्योतिलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति 

काठमाडौं, कात्तिक २२ : ठगी मुद्दामा पक्राउ परेका व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। 

शुक्रबार काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा पक्राउ परेका पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका रूप र उनकी छोरी सुरूचीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रहरीले बाबुछोरी दुवैलाई थुनामा राख्न अनुमति लिन अदालतमा उपस्थित गराएको थियो। काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको जानकारी दिए। 

प्रतिष्ठित व्यापारिक घराना ज्योति एन्ड कम्पनीका सदस्य रुप ज्योतिमाथि एक करोड ३६ लाख रुपैयाँ ठगी गरेको अभियोग छ। 

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी गरेको मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए।

त्यसको एक वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला गरेपछि प्रहरीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, कात्तिक २२, २०७६