Kathmandu Press

‘गो ब्याक इण्डिया’ भन्दै भारतीय दूतावास अगाडि विद्यार्थीको प्रदर्शन

काठमाडौं, कात्तिक २२ : कालापानी र लिपुलेकलगायतको नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प....

‘गो ब्याक इण्डिया’ भन्दै भारतीय दूतावास अगाडि विद्यार्थीको प्रदर्शन
रिवाज राई

काठमाडौं, कात्तिक २२ : कालापानी र लिपुलेकलगायतको नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ।

नेपाल विद्यार्थी संघको नेतृत्वमा शुक्रबार बिहान ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले कालापानी र लिपुलेक नेपालको भएको उल्लेख गर्दै तत्काल सच्याउन माग गरेका छन्।

उनीहरुले भारतकाे नयाँ नक्सा पनि जलाएका छन्। भारतीय दूतावास अगाडि भारतकाे नयाँ नक्सा जलाउदा प्रहरीले राेक्न खाेजेकाे थियाे। तैपनि विद्यार्थीले 'नयाँ नक्सा मान्दैनाैं' भन्दै नारा लगाएका छन्।

यसैबीच, पशुपति बहुमुखी क्याम्पस, चाबहिलका विद्यार्थीले पनि प्रदर्शन गरेका छन्। नेवि संघ काठमाडौं जिल्ला समितिको आयोजनामा गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो।

 

प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, कात्तिक २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्