यी हुन् भारतका सबैभन्दा कान्छा अर्बपति
भारतमा देशैभरि शाही परिवार छन् तर जयपुरका राजा विशेष छन्।
भव्य शाही दरबारले भरिएको जयपुर निकै सुन्दर पनि छ। शहरजस्तै महाराजा पद्मनभ सिंह शाही परिवारको सम्पत्....
भारतमा देशैभरि शाही परिवार छन् तर जयपुरका राजा विशेष छन्।
भव्य शाही दरबारले भरिएको जयपुर निकै सुन्दर पनि छ। शहरजस्तै महाराजा पद्मनभ सिंह शाही परिवारको सम्पत्ति र प्रभावको प्रतिनिधि हुन्।
महाराजा भर्खर २० वर्ष पुगे तर उनको सम्पत्ति झण्डै ७० करोडदेखि ३ अर्ब अमेरिकी डलरसम्म भएको बिजनेस इन्साइडरले जनाएको छ। उनी शाही परिवारको ३०३ औं वंशज हुन्।
जयपुरका सबैभन्दा कान्छा महाराजा पद्मनभ सिंहबारे थाहा पाउनुपर्ने पाँच विशेषताहरू:
पद्मनभले भारत, बेलायत, अमेरिका र इटालीमा पढेका छन्
चार वर्षको हुँदा उनलाई भारतको अजमेरस्थित मायो कलेजमा पठाइयो। यो छात्रका लागि देशकै उत्कृष्ट बोर्डिङ स्कूलमध्ये एक हो। त्यसपछि उनी बेलायतको सोमरसेटस्थित मिलफिल्ड स्कूल गए। विद्यालयको अध्ययन पूरा गरेपछि उनी न्यूयोर्क युनिभर्सिटीमा लिबरल आर्ट्स पढ्न गए। त्यति मात्रै होइन, इटालीको रोमस्थित युनिभर्सिटी अफ म्युजियोलोजी एन्ड आर्ट्सबाट उनले कलाको इतिहाससम्बन्धी एउटा कोर्ष पनि पूरा गरेका छन्। प्रियजन र साथीहरू उनलाई “पाचो” बोलाउँछन्।
पोलो खेलका पारखी
भारत र विश्वका धेरै स्थानमा पोलोलाई “राजाहरूको खेल” भनिन्छ। खेलमा सिपालु भएकैले उनले इन्डियन ओपन पोलो कप जित्न सफल भए। उनी विश्वकप पोलो टिमको “हालसम्मकै कान्छा खेलाडी“ पनि हुन्। खेलमा लगनशील भएकोले उनले थुप्रै अन्तर्राष्ट्रिय सम्मान पनि पाएका छन्। फेडेरेसन अफ इन्टरनेश्नल पोलो र बेलायतको गार्ड्स पोलो क्लब अफ विन्डसोरले उनलाई सदस्य दिएको छ। अब उनी बेलायतका राजकुमार विलियम र ह्यारीसँग पनि खेल्न र समय बिताउन सक्छन्।
पद्मनभ फेसन पनि उत्तिकै मनपराउँछन्
उनलाई “सिम्पल लुक” मनपर्छ। धेरैले उनलाई मोडेलका रूपमा चिन्छन्। जर्जियो अर्मानी, डोल्ची गब्बाना लगायत प्रख्यात ब्रान्डका लागि उनले “रनवे” मा हिँडेका छन्। विश्वप्रख्यात फोटोग्राफर मारियो तेस्तिनो महराजा पद्मनभलाई आफ्नो सिर्जनशीलताको स्रोत बताउँछन्।
हलिवुडकी प्रख्यात अभिनेत्री रिस विदरस्पुनकी छोरी एभा फिलिप्पका लागि प्रतिष्ठित कार्यक्रम “ला बाल” मा उनी “क्याभलियर” पनि बनेका छन्।
पद्मनभलाई विश्वभरि घुम्न मनपर्छ
विभिन्न सँस्कृतिबारे सिक्ने प्रयास गर्छन्। ब्राजिलको ट्रानकोसो उनको प्रिय गन्तव्यमध्ये एक हो। उनलाई इरान पनि मनपर्छ। त्यहाँ उनका केही अद्भूत सम्झनाहरू छन्। उनी अरूलाई पनि इरान घुम्ने सल्लाह दिन्छन्।
जिम्मेवार महाराजा पद्भनभ
सुखसयलबाट घेरिए पनि युवा राजाको जिम्मेवारीबारे परिचित छन्। आमा दिव्यकुमारी र स्वर्गवासी हजुरआमा राजमाता पद्मिनीदेवीजस्तै उनी पनि बालिका शिक्षाको वकालत गर्छन्। महिला सशक्तिकरणजस्तो गम्भीर विषयबारे उनी केही न केही सिकिरहन्छन्। राजकुमारी दिव्य कुमारी फाउन्डेसन यो कार्यक्षेत्रमा संलग्न छ। उनी यसलाई निरन्तरता दिन चाहन्छन्।
सुजन राजमहल दरबार लगायत देशका सबै दरबारको शाही ऐश्वर्य सुरक्षित राख्नु अर्को प्राथमिकता हो। अधिकांश दरबारहरू हाल होटेलमा परिणत गरिएका छन्। महराजा पद्मनभ परिवारसहित जयपुरको सिटी प्यालेसमा बस्छन्।