Kathmandu Press

भक्तपुर क्षेत्र नम्बर १ (क) : ढकाल र भँडेलसहित २१ जनाले गराए उम्मेदवारी दर्ता

भक्तपुर, कात्तिक २१ : आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा आज ११ दल र १० स्वतन्त्र....

भक्तपुर क्षेत्र नम्बर १ (क) : ढकाल र भँडेलसहित २१ जनाले गराए उम्मेदवारी दर्ता

भक्तपुर, कात्तिक २१ : आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा आज ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देवीप्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गएका छन्। नेकपाका सचिवालय सदस्य बामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेत, केन्द्रीय सदस्य एवं सांसद रामेश्वर फुँयाल, प्रदेशसभा सदस्य शशीजंग थापा, प्रदेश डा राजेन्द्रमान श्रेष्ठ, सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष बचन देउजा लगायतको नेतृत्वमा कमलविनायकबाट निस्किएको बाजागाजासहितको समूहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको थियो। 

त्यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, जिल्ला सभापति दुर्लभ थापा सहितको समूहले कमल विनायकबाट बाजागाजा सहित कार्यालयमा आइपुगेको थियो।  सो दलका तर्फबाट पूर्व क्षेत्रीय सभापति कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गरएको थियो। 

यस्तै  नेपाल मजदुर किसान पार्टीले पार्टी सचिव एवं सांसद प्रेम सुवाल, प्रदेश सदस्य सुरेन्द्रराज गोसाईलगायतको नेतृत्वमा कमलविनायकबाट बाजागाजासहित उक्त कार्यालयमा आएको थियो सो दलका तर्फबाट निरज लवजूले उम्मेदवारी दर्ता गराएका थिए।

अन्य दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुर्दशनकुमार मुनंकर्मी, नेकपा मालेबाट सुर्दशन लामिछाने, नेपाली कांग्रेस (बि.पी.) बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराएका थिए।

त्यसैगरी, स्वतन्त्रबाट कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजू, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवनचन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले उम्मेदवारी दर्ता गराएका छन्।   

विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको मष्तिष्कघातका कारण निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो।
 

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, कात्तिक २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्