Kathmandu Press

अमेरिकन पेस्तोलसहित काठमाडाै‌ंमा तीन युवक पक्राउ

काठमाडौं, कात्तिक २१ : अमेरिकामा बनेको पेस्तोलसहित प्रहरीले चोभारबाट तीन युवकलाई पक्राउ गरेकोे छ।

बिहीबार दिउसो महानगरीय अपराध महाशाखाको टोल....

अमेरिकन पेस्तोलसहित काठमाडाै‌ंमा तीन युवक पक्राउ

काठमाडौं, कात्तिक २१ : अमेरिकामा बनेको पेस्तोलसहित प्रहरीले चोभारबाट तीन युवकलाई पक्राउ गरेकोे छ।

बिहीबार दिउसो महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिकाको चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई पक्राउ गरेको हो।

अमेरिकामा बनेको पेस्तोलसहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले बताए। ‘युएस मेड लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको छ,’ उनले भने।

विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ। उनीहरु सवार बा १७ च ८३६४ नम्बरको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिको थप परिचय खुलाएको छैन। थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए।

 

प्रकाशित मिति: १५:०७ बजे, बिहीबार, कात्तिक २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्