Kathmandu Press

विद्या र खेमराजसहित १३ नेताको उम्मेदवारी

पोखरा, कात्तिक २१ : प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा नेकपा नेतृ विद्या भट्टराई र कांग्रेस नेता खेमरा....

विद्या र खेमराजसहित १३ नेताको उम्मेदवारी
काठमाडौं प्रेस

पोखरा, कात्तिक २१ : प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा नेकपा नेतृ विद्या भट्टराई र कांग्रेस नेता खेमराज पौडेलसहित १३ जनाले उम्मेदवारी दिएका छन्।

आज बिहान र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनीहरूले उम्मेदवारी दर्ता गराएका छन्। यसमा नेकपा, कांग्रेस, साझा, विवेकशीललगायत साना पार्टीले उम्मेदवारी दर्ता गराएका हुन्।

यस क्षेत्रबाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। जसले गर्दा यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको छ।

आज नेकपाको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दिएकी छन्। उनी स्व.रवीन्द्रप्रसाद अधिकारीकी पत्नी हुन्।

त्यस्तै, नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दिएका छन्। राप्रपाबाट रोमबहादुर भण्डारी, साझाबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा र मङ्गोल अर्गनाइजेशन पार्टीबाट रियाज गुरुङले उम्मेदवारी दिएका छन्।

यो क्षेत्रमा भएको निर्वाचनमा अधिकारी निर्वाचित भएका थिए। उनले २७ हजार दुई सय सात मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए।

त्यस्तै, तेस्रो स्थानमा रहेका तत्कालीन विवेकशील साझाका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले आठ सय ४३ मत पाएका थिए। अहिले भने विवेकशील र साझा अलग भएका छन्।

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, कात्तिक २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्