Kathmandu Press

गण्डकी प्रदेशमा एक महिनामै २४ हजार पर्यटक

काठमाडौं, कात्तिक २१ : गण्डकी प्रदेशमा अक्टोबर महिनामा मात्रै २४ हजारभन्दा बढी पर्यटनले भ्रमण गरेका छन्।

सन् २०१९ लाई गण्डकी प्रदेशले आन्तरि....

गण्डकी प्रदेशमा एक महिनामै २४ हजार पर्यटक

काठमाडौं, कात्तिक २१ : गण्डकी प्रदेशमा अक्टोबर महिनामा मात्रै २४ हजारभन्दा बढी पर्यटनले भ्रमण गरेका छन्।

सन् २०१९ लाई गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्षको रुपमा मनाइरहदा एक महिनाको अवधिमा मात्रै २४ हजार चार सय ७७ विदेशी भित्रिएको छ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै गत महिनाको तुलनामा ३३ दशमलव ३३ प्रतिशतले पर्यटकको संख्यामा बृद्धि भएको बताएको छ।

जसअनुसार, पोखरा विमानस्थल कार्यालयमा १३ हजार सात सय एक, तनहुँको आबुखैरेनीमा नौ हजार चार सय १२ र स्याङ्जाको गल्याङ प्रहरी चौकीमा एक हजार तीन सय ६४ पर्यटकको नामवली संकलन गरिएको थियो।

एक महिनामा पोखरा पुग्ने पर्यटकमध्ये ६ हजार सात सय १५ भारतका र १७ हजार सात सय ६२ जना तेस्रो मुलुकका पर्यटक रहेका छन्।

सेप्टेम्बर महिनामा पोखरामा १८ हजार तीन सय ५१ पर्यटक भित्रिएका थिए। कार्यालयका अनुसार पोखरा विमानस्थलबाट ५६ प्रतिशत र आँबुखैरेनीबाट ३८ प्रतिशतले विदेशी पर्यटक बढेका छन्। तेस्रो मुलुकका पर्यटकको हिस्सा ७२.५ प्रतिशत छ।

गण्डकी प्रदेश सरकारले २०१९ लाई आन्तरिक भ्रमण वर्ष, २०२० लाई छिमेकी मुलुक भ्रमण वर्ष, २०२१ लाई पूर्वाधार वर्ष र २०२२ लाई गण्डकी भ्रमण वर्षका रूपमा मनाइरहेको छ।

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, कात्तिक २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्