Kathmandu Press

जिसस रुपन्देही प्रमुखमा कांग्रेस र उपप्रमुखमा लोसपा निर्वाचित

बुटवल, असार ४ : जिल्ला समन्वय समिति (जिसस) रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ।जिसस...
जिसस रुपन्देही प्रमुखमा कांग्रेस र उपप्रमुखमा लोसपा निर्वाचित

बुटवल, असार ४ : जिल्ला समन्वय समिति (जिसस) रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएका छन्।

जिसस प्रमुखमा एमालेका नरबहादुर घर्ती मगरलाई पराजित गर्दै कांग्रेसका उमाकान्त चपाई निर्वाचित भए। चपाईंले २० मत ल्याउँदा घर्तीले १२ मत पाए।

त्यसैगरी उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाएर विजयी हुँदा एमालेकी पवित्रादेवी श्रेष्ठ १५ मतमा सीमित भइन्।

महिला सदस्यमा कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल, दलित तथा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल, लोसपाका मुकेश कुमार पाण्डे, माओवादी केन्द्रकी मञ्जु परियार र लोसपाकी बुधनी चमार निर्वाचित भए।

जिसस चुन्न रुपन्देहीमा ३२ मतदाता थिए।

प्रकाशित मिति: १३:३८ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्