अकुपाई टुँडिखेल : शनिबार मानव साङ्गलोले घेरिँदै
काठमाडौं, कात्तिक २१ : टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान ‘अकुपाइ टुँडिखेल’ सुरू गर्न लागिएको छ। यसको सुरुआत शनिबार टुँडिखेललाई मा....
काठमाडौं, कात्तिक २१ : टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान ‘अकुपाइ टुँडिखेल’ सुरू गर्न लागिएको छ। यसको सुरुआत शनिबार टुँडिखेललाई मानव साङ्गलोले घेरिने भएको छ।
विश्व स्वतन्त्रता दिवसको अवसरमा टुँडिखेल वरिपरी मानव साँग्लो बनाएर ‘अकुपाइ टुँडिखेल’ अभियान सुरू गर्न लागिएको संयोजक विजय श्रेष्ठले बताए। काठमाडौंको सबैभन्दा महत्वपूर्ण स्थल विभिन्न ठाउँबाट अतिक्रमणमा परेकाले यो अभियान सुरू गर्न लागिएको उनको भनाइ छ।
‘हाम्रा पुर्खाले अनन्तकालदेखि संरक्षण गर्दै आएको टुँडिखेल अतिक्रमण हुँदै गयो। यसमा हामीले अहिले नै आवाज नउठाए भविष्यका सन्ततिले यो महत्वपूर्ण क्षेत्र गुमाउनुपर्ने अवस्था आएको छ,’ संयोजक श्रेष्ठले भने।
कुनै वेला एसियाकै ठूलो परेड मैदानको रुपमा रहेको यो क्षेत्र धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक रुपमा पनि उत्तिकै महत्वपूर्ण छ।
टुँडिखेलमा अस्थायी बसपार्क भन्दै स्थायी बसपार्क बन्नु, अनाधिकृत पसल सञ्चालन गर्नु, अनाधिकृत पार्किङ गर्नु, विभिन्न बहानामा ढलान गर्नुलगायतका समस्याले टुँडिखेल नै ओझेलमा परेको छ। अब यसको संरक्षणका लागि अभियान सुरू गर्नु अपरिहार्य भएको अभियान्ताले बताएका छन्।
संविधानको व्यवस्थाअनुसार, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणका लागि ‘टुँडिखेल बताउ’ अभियान संचालन गर्न लागिएको संयोजक श्रेष्ठले बताए। यो अभियान निरन्त रुपमा चल्नेछ। यसअन्तर्गत शनिबारदेखि तीन महिनासम्म हरेक शनिबार कार्यक्रम गरिनेछ।
टुँडिखेल जोगाउनका लागि ‘अकुपाई टुँडिखेल’मा सहभागी हुन र आ–आफ्नो तर्फबाट सहयोग गर्न पनि अभियान्ताले आग्रह गरेका छन्।






