Kathmandu Press

दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी युवतीमाथि सामूहिक बलात्कार

दाङ, असार ४ : दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ।तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीमाथि तुलसीपुर–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा...
दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी युवतीमाथि सामूहिक बलात्कार

दाङ, असार ४ : दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ।

तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीमाथि तुलसीपुर–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा लगेर बिहीबार राति चार युवकले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन्। अन्य दुई फरार रहेकाले खोजी कार्य भइरहेको छ।

पीडित युवतीले घरमा गएर परिवारजनलाई बताएपछि शुक्रबार मात्र प्रहरीलाई खबर गरिएको जनाइएको छ। पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:५५ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्