Kathmandu Press

प्रधानसेनापति शर्मा लेबनानतर्फ प्रस्थान

काठमाडौं, असार ४ : प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि लेबनानतर्फ प्रस्थान गरेका छन्।उनी आज (शनिबार) सात सदस्यीय टोलीसहित लेबनान प्रस्थान गरेका हुन्। द्वन्द्वग्रस्त...
प्रधानसेनापति शर्मा लेबनानतर्फ प्रस्थान

काठमाडौं, असार ४ : प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि लेबनानतर्फ प्रस्थान गरेका छन्।

उनी आज (शनिबार) सात सदस्यीय टोलीसहित लेबनान प्रस्थान गरेका हुन्। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरुको हौसला बढाउन र युएन मिसनको भावी योजनाबारे जानकारी लिन शर्मा लेबनान गएका हुन्।

बलाधिकृत रथी बालकृष्ण कार्कीले शर्माको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा बिदाइ गरे।

 

लेवनान प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई शुक्रबार जंगी अड्डामा सम्मानगारत अर्पण गरिएको थियो।

भ्रमणदलले यही असार १० गतेसम्म युएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण गर्नेछन्, मिसनको वस्तुस्थितिबारे जानकारी लिनेछ।

सोही क्रममा प्रधान सेनापति शर्माले लेवनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

यस भ्रमणछि उनले असार १३ गते अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। उनको टोली भ्रमण सकेर असार १९ गते स्वदेश फिर्ता हुने जनाइएको छ।

प्रधानसेनापति शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्की कायम मुकायम प्रधानसेनापतिका रूपमा कार्यभार सम्हाल्नेछन्। 

प्रकाशित मिति: १२:४९ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्