सुदूरपश्चिममा विकासले फड्को मार्दै छ : प्रधानमन्त्री देउवा
कैलाली, असार ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा विकासले फड्को मारेको बताएका छन्। शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घटनका क्रममा प्रधानमन्त्री देउवाले...
कैलाली, असार ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा विकासले फड्को मारेको बताएका छन्। शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घटनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो स्कुले जीवनको स्मरण गर्दै यस्तो बताएका हुन्।
एसएसली दिएपछि डोटीबाट तीन दिन हिँडेर धनगढी पुगेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले अहिले त्यस्तो अवस्था नरहेको उल्लेख गरे। उनले भने, ‘म डोटीको उचाकोट माध्यमिक विद्यालयबाट एसएलसी दिएर हिँडेर तीन दिनमा धनगढी पुगेको थिएँ । यहाँबाट भारतको मैलानी, लखनउ हुँदै रक्सौलको बाटो भएर काठमाडौं गएको पुगेको थिए । अहिले हेर्नुस कति सुविधा भएको छ।’
प्रधानमन्त्री देउवाले अहिले धनगढी–काठमाडौं प्लेन चलेको उल्लेख गर्दै धनगढी–काठमाडौंको यात्रा सहज भएको बताए। ‘अहिले २२ वटा पुल बनेपछि सडकबाट पनि काठमाडौं सहज पुगिन्छ। नियमित विमान उडान भइरहेका छन्,’ प्रधानमन्त्री देउवाले भने।
प्रधानमन्त्री देउवाले कर्णालीमा पुल बनेपछि सुदूरपश्चिम राष्ट्रिय मुलधारमा जोडिएको बताए। उनले स्थानीय र प्रदेश सरकारले जनताहरुलाई छिटो छरितो सेवा दिनुपर्नेमा समेत जोड दिएका छन् । प्रधानमन्त्री देउवाले प्रदेशमा कर्मचारी आउनै मान्दैनन् भने उनीहरू आउने माहोल बनाउन आग्रह गरे।











