Kathmandu Press

पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडकखण्ड खुल्यो, सिस्नेरी सडकखण्ड अझै अवरूद्ध

मकवानपुर, असार ४ : पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए शुक्रबार राति वर्षासँगै आएको पहिरोका कारण...
पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडकखण्ड खुल्यो, सिस्नेरी सडकखण्ड अझै अवरूद्ध
फाइल तस्बिर ।

मकवानपुर, असार ४ : पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।

भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए शुक्रबार राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा शनिबार बिहानदेखि दुवैतर्फी रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

यस्तै, हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा भने अझै यातायात सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखि अवरुद्ध सडकखण्डमा यातायात सञ्चालनको लागि पहिरो हटाउने कार्य भइरहेको छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति: १०:१३ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्