सिके राउतले कारागारमै भेटे रेशम चौधरी
काठमाडौं, असार ४ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिल्लीबजार कारागार पुगेर प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका छन्।कारागार स्रोतका अनुसार राउत जनमत...
काठमाडौं, असार ४ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिल्लीबजार कारागार पुगेर प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका छन्।
कारागार स्रोतका अनुसार राउत जनमत पार्टीका अर्का एक नेतासहित चौधरीलाई भेट्न बिहीबार बिहान डिल्लीबजार कारागार पुगेका थिए।
उनीहरुबीच ५ मिनेट कुराकानी भएको र आगामी चुनावमा सहकार्यका विषयमा छलफल भएको बताइएको छ।
चौधरीले जेलमै भएपनि उनले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् । नागरिक उन्मूक्ति पार्टीे स्थानीय निर्वाचनमा कैलालीको ठूलो पार्टी बनेको छ। उनले ५ पालिका जितेको छ।
प्रकाशित मिति: १०:०५ बजे, शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











