पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग बिहानैबाट सञ्चालन
मुग्लिन, असार ४ : पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग बिहानैबाट सञ्चालनमा आएको छ।वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गएराति ११ बजे पहिरो....jpg)
मुग्लिन, असार ४ : पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग बिहानैबाट सञ्चालनमा आएको छ।
वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गएराति ११ बजे पहिरो खसेको थियो। जसले गर्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो।
पहिरो पन्छाउन राति नै टोली परिचालन गरिएको थियो। आज बिहान २ः३० बजेदेखि यातायात पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
सङ्घीय राजधानी काठमाडौं जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खसेको छ। गत दुई सातामा पाँच पटक पहिरो खसेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:४६ बजे, शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











