Kathmandu Press

विद्या भट्टराईले गरिन् उम्मेद्वारी दर्ता

काठमाडौं, कात्तिक २१ : कास्की क्षेत्र २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपाका तर्फबाट विद्या भट्टराईले उम्मेद्वारी दर्ता गरेकी छन् । 

....
विद्या भट्टराईले गरिन् उम्मेद्वारी दर्ता
काठमाडाैंप्रेस

काठमाडौं, कात्तिक २१ : कास्की क्षेत्र २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपाका तर्फबाट विद्या भट्टराईले उम्मेद्वारी दर्ता गरेकी छन् । 

उनको मनोनयनपत्रमा नेकपा जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्ण थापा प्रस्तावक बसेका छन् भने समर्थकमा प्रदेशसभा सदस्य प्रभा कोइराला छिन् ।

मनोनयन दर्ताका लागि पोखराको राष्ट्रबैंक चोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वार भट्टराई समर्थकसहित पुगेकी थिइन् । उक्त क्षेत्रमा मंसीर १४ गते उपचुनाव हुँदैछ ।

नेकपा जिल्ला कार्यालयमा ११ बजेपछि भेला भएर जुलुससहित उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम तय भएको भए पनि निर्वाचन अधिकृतको कार्यालयले त्यसअघि नै नेकपालाई मनोनयका लागि पालो दिएपछि जुलुशबिनै गएर उम्मेद्वारी दर्ता गरिएको हो । उम्मेद्वारी दर्तापछि अब उनीहरुले आफ्नै पार्टी कार्यालयअघिल्तिर सभा आयोजना गर्दैछन् ।

उम्मेद्वारी दर्ताका लागि नेकपा उम्मेद्वार भट्टराई निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै त्यहाँनजिकै बम बिस्फोट पनि भएको थियो । भट्टराईले मनोनयन दर्ता भने गराएर पार्टी कार्यालयमा फर्किइसकेकी छिन् ।

विद्याका पति रविन्द्र विगतका पछिल्ला तीन निर्वाचनमा लगातार सो क्षेत्रबाट विजयी भएका थिए । पर्यटनमन्त्री रहेका उनको ०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी ताप्लेजुङमा निधन भएका कारण उक्त क्षेत्रमा उपचुनाव हुन लागेको हो । 

यहाँ नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेललाई अघि सारिएको छ भने राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, कात्तिक २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्