एसीसी च्याम्पियसिपमा आज कुवेतसँग भिड्दै नेपाल
काठमाडौं, असार ४ : एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र कुवेतको खेल हुँदै छ।मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा नेपाल र कुवेतको खेल...
काठमाडौं, असार ४ : एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र कुवेतको खेल हुँदै छ।
मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा नेपाल र कुवेतको खेल हुनेछ। नेपाल र कुवेतको खेल आज दिउसो १२ः४५ बजे हुनेछ।
यसअघि शुक्रबार भएको खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो। नेपालले भूटानलाई ५० रनले पराजित गरेको हो।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ बलमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटिएको थियो। नेपालले नौ विकेटको क्षतिमा ९४ रन बनाएको थियो।
समूह बी मा रहेको नेपालले दुई अंकसहित शीर्षस्थानमा छ। नेपालकै समूहमा रहेका बहराइन र कुवेतले एक एक अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छन्। भूटानले पहिलो खेल हारेको छ भने हङकङले खेल्न बाँकी छ।
प्रकाशित मिति: ०६:४२ बजे, शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











