Kathmandu Press

वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका युवकको मृत्यु

लिस्बन, असार ४ : वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको मृत्यु भएको छ।चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवनको भरतपुर महानगरपालिका–१७, बरुवाका राजन...
वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका युवकको मृत्यु

लिस्बन, असार ४ : वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको मृत्यु भएको छ।

चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवनको भरतपुर महानगरपालिका–१७, बरुवाका राजन शर्मा सुवेदीको मृत्यु भएको हो। उनको ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले बताए।

कामबाट आएलगत्तै पौडी खेल्न गएका उनी लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरु खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेको अधिकारीले बताए। उनी तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।

मृतक सुवेदी ग्वारडास्थित एक कृषि कम्पनीमा कार्यरत थिए। उनकी श्रीमती र एक छोरी नेपालमा छन्। (रासस)

 

प्रकाशित मिति: ०६:३२ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्