Kathmandu Press

सरकारले एसपीपीबाट अलग रहेको प्रष्ट्याउनुपर्छ: थापा

काठमाडौं, असार ४ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट अलग रहेको प्रष्ट्याउनुपर्ने बताएका छन्।सगरमाथामा राप्रपा नेपालको...
सरकारले एसपीपीबाट अलग रहेको प्रष्ट्याउनुपर्छ: थापा

काठमाडौं, असार ४ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट अलग रहेको प्रष्ट्याउनुपर्ने बताएका छन्।

सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोही नवन पासाङ शेर्पालाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफू फरक दृष्टिकोण बोकेर जनताको माझ गएकाले पार्टीलाई बलियो बनाउन जनताले साथ दिने बताए।

मुलुकमा राजनीतिक दल र दलका नेता राष्ट्रियता बलियो बनाउने विषयमा जिम्मेवार हुन नसक्दा अहिले देशमा विकृति र विसङ्गति बढेको उनको भनाइ थियो।

अध्यक्ष थापाले नेपाललाई आवश्यक नै नभएको एसपीपी सम्झौताका बारेमा व्यापक चर्चा भइरहेको समयमा सरकारले अमेरिकी सरकारलाई औपचारिकरूपमै पत्र लेखेर एसपीपीबाट नेपाल अलग रहेको प्रष्ट्याउनुपर्ने बताए।

कार्यक्रममा राप्रपा नेपालको चुनाव चिह्न तीरसहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने पर्वतारोही शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित एक लाख रुपैयाँसहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ।

 

प्रकाशित मिति: ०६:१३ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्