पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै बम विस्फोट
कास्की, कात्तिक २१ : कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसा, केहीबेर अघि मुख्य ....

कास्की, कात्तिक २१ : कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसा, केहीबेर अघि मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिक निर्माणाधीन बसपार्कभित्र विस्फोट भएको हो। विस्फोट भएलगत्त प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले बताए।
उनको अनुसार, कसले बम विस्फोट गराएको हो भन्ने यकिन भएको छैन। प्रहरी टोली अनुसन्धान गरिरहेको छ।
कास्की निर्वाचन क्षेत्र नं. २ मा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। उम्मेदवारी दर्ता अघि विस्फोट भएको छ।
प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











