जनप्रभावका हिसाबले एमाले देशको पहिलो पार्टी : ओली

काठमाडाैं, असार ३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रभावका हिसाबले एमाले देशको पहिलो पार्टी रहेको बताएका छन्।
एमाले असफल नभए पनि धेरै सफल नभएको उनले बताए। उनले एमाले अहिले पनि पहिलो शक्ति भएको भन्दै स्थानीय तहमा १२० सिट जितेको माओवादी केन्द्रले २०५ सिट जितेको एमालेलाई हरायौं भन्नु हास्यास्पद रहेको तर्क गरे।
उनले देश र जनताको हितको काम एमालेले कहिल्यै नछाड्ने स्पष्ट पारे। ओलीले कुनै पनि प्रतिक्रियावादी शक्तिले एमालेलाई ध्वस्त गर्न नसक्ने जिकिर गरे।
प्रशिक्षणका क्रममा ओलीले पार्टीभित्र बसेर पार्टीलाई नै गिराउन खोज्ने व्यक्ति एमालेको कार्यकर्ता हुन नसक्ने बताए। समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य प्राप्तिका लागि एमाले सशक्त भएर अघि बढ्नुपर्ने उनले बताए।
प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











