कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा नेपाल : कमल थापा
काठमाडाैं, असार ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेका दलहरु असफल भइसकेको भन्दै आफ्ने पार्टी वैकल्पीक शक्तिका साथ आएको बताएका छन्।शुक्रबार...
काठमाडाैं, असार ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेका दलहरु असफल भइसकेको भन्दै आफ्ने पार्टी वैकल्पीक शक्तिका साथ आएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताए। उनले राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुनस्र्थापनाको सम्भावना पनि सकिएको जिकिर गरे।
स्वतन्त्र उमेदवारको विजयीले दलहरुप्रति जनताको असन्तुष्टि स्पष्ट देखिएको भन्दै उनले नयाँ विकल्पका रुपमा जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेको तर्क गरे।
उनले आफ्ना एजेन्डालाई जनतामाझ प्रस्तुत गरेर बलियो शक्ति बन्ने दाबी गरे।
प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











