Kathmandu Press

मंकीपक्स संक्रमणको आशंका गरिएका व्यक्तिमा कुष्टरोेग पुष्टि

काठमाडौं, असार ३ : मंकिपक्सको आशंकमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्याएका युवकमा कुष्टरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति...
मंकीपक्स संक्रमणको आशंका गरिएका व्यक्तिमा कुष्टरोेग पुष्टि

काठमाडौं, असार ३ : मंकिपक्सको आशंकमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्याएका युवकमा कुष्टरोग पुष्टि भएको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँचपड्तालको क्रममा विभिन्न ६ ठाउँबाट जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठरोगको जिवाणु भेटिएको जानकारी दिएको छ। 

विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा गरिएको परीक्षणमा २६ वर्षीय व्यक्तिमा मंकिपक्सको लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको थियो। 

मन्त्रालयले विश्का २९ देशमा मंकिपक्स देखा परेको र हजारबढी मानिसहरु संक्रमित भएको जानकारी दिएको छ । नेपालमा भने अहिलेसम्म संक्रमण पुष्टि नभएको पनि मन्त्रालयले दाबी गरेको छ । मंकिपक्स संक्रमणबारे सरकार सचेत र सतर्क अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ।


 

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्