Kathmandu Press

एसपिपी प्रस्ताव ओली प्रधानमन्त्री हुँदाकै बखतमा अघि बढाइएकाे हाे : गाैतम

काठमाडौं, असार ३ : राष्ट्रिय सभाका सांसद वामदेव गौतमले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) प्रस्ताव केपी ओली प्रधानमन्त्री हुँदाकै बखतमा अघि बढाउने काम...
एसपिपी प्रस्ताव ओली प्रधानमन्त्री हुँदाकै बखतमा अघि बढाइएकाे हाे : गाैतम

काठमाडौं, असार ३ : राष्ट्रिय सभाका सांसद वामदेव गौतमले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) प्रस्ताव केपी ओली प्रधानमन्त्री हुँदाकै बखतमा अघि बढाउने काम गरिएको बताएका छन्। 

आज (शुक्रबार) राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले एसपिपी प्रस्ताव अघि बढाउने कार्य सुशील कोइराला नेतृत्वको सरकारले गरेको भन्ने कुरा संसदमा उठेपछि आफूले त्यसबारे खोजी गरेको र त्यसक्रममा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सो प्रस्ताव अघि बढाएको पाइएको बताएका हुन्। कोइराला नेतृत्वको सरकारमा गौतम उपप्रधानमन्त्री थिए। 

‘सुरुवात जसले गरेको भए पनि एसपिपीलाई अगाडि बढाउने काममा एमालेका अध्यक्ष, त्यसबेलाका प्रधानमन्त्री संलग्न हुनुहुन्छ। अब सदनलाई साँचो कुरा बताउनुपर्छ। सत्य बताउँदा कोही पनि सानो हुँदैन,’ उनले भने।

सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपपिीसम्बन्धी समस्या समाधान भएको जिकिर गरे।  उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एसपिपीबारे संसदमा आएर जवाफ दिन भने आग्रह गरे ।

सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपीपी सम्बन्धी समस्या समाधान भएको पनि पटक–पटक दोहोर्‍याउनुभयो । उहाँले त्यो प्रस्तावबारे संसदमा आएर जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। 

एसपीपी सम्झौता नेपाललाई अमेरिकी सैन्य गठबन्धनको हिस्सेदारी बनाउन ल्याइएको पनि उनले दाबी गरे।

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्