Kathmandu Press

कम्युनिस्टलाई एकजुट बनाउने अभियान चलाउँदैछु : गाैतम

काठमाडौं, असार ३ : राष्ट्रियसभाका सांसद वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियान चलाउने बताएका छन्। आज (शुक्रबार) राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले...
कम्युनिस्टलाई एकजुट बनाउने अभियान चलाउँदैछु : गाैतम

काठमाडौं, असार ३ : राष्ट्रियसभाका सांसद वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियान चलाउने बताएका छन्। आज (शुक्रबार) राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले निकट भविष्यमै अभियानको घोषणा हुने जानकारी दिए।

केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन नेकपाका उपाध्यक्षसमेत रहेका गौतमले पछिल्लो समय आफू कुनै पार्टीमा संलग्न नभएको बताए। विगतमा नेकपा आन्तरिकमा फस्दा पनि उनले एकताका लागि अभियान चलाएका थिए। 

आन्तरिक समस्याका कारण नेकपा तीन वटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै उनले भने, ‘म फेरि कम्युनिस्ट एकीकृत गर्ने, म फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचारमा छु। र, केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु।’

कम्युनिस्ट एकतालाइ ध्यानमा राखेर आफूले कुनै पनि नेताहरुको टीकाटिप्पणी नगरेको पनि उनले स्पष्ट पारे। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले भने, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिष्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो। त्यसो भएर मैले कुनै नेताको बारेमा टिकाटिप्पणी पनि गरेको छैन। मैले पुष्पलालको पनि आलोचना गरें। मैले मदन भण्डारीको पनि आलोचना गरें । जीवराज आश्रितको पनि आलोचना गरें।’ 

कम्युिनस्टहरूले एउटा ऐतिहासिक अवसर प्राप्त गरे पनि त्यसलाई निभाउन नसकेको संकेत उनले गरे। 

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्