एमालेको अवरोधबीच राष्ट्रियसभामा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित
काठमाडौं, असार ३ : एमालेको अवरोधबीच राष्ट्रिय सभा बैठकमा अवरुद्ध गरेको छ।राष्ट्रिय सभाको आज (शुक्रबार) बसेको बैठक अर्थमन्त्री जनार्दन शर्माको विरोध गर्दै एमालेका...
काठमाडौं, असार ३ : एमालेको अवरोधबीच राष्ट्रिय सभा बैठकमा अवरुद्ध गरेको छ।
राष्ट्रिय सभाको आज (शुक्रबार) बसेको बैठक अर्थमन्त्री जनार्दन शर्माको विरोध गर्दै एमालेका सांसदहरुले अवरोध गरेका हुन्।
दोस्रो बैठक सुरु भएसँगै अध्यक्ष गणेश तिमिल्सिनाले समय दिएपछि अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरूले उठेर विरोध गरेका हुन्।
अध्यक्ष तिमल्सिनाले छलफलका लागि बसेर भाग लिन गरेको आग्रहलाई अस्वीकार गर्दै एमालेका सांसदहरुले छलफलमा भाग लिन नाम दिएनन् ।
एमालेको अवरोधबीच सभाका अध्यक्ष तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्तावलाई सदनमा निर्णयार्थ पेस गरेर पारित पनि गरिएको छ।
विनियोजन विधेयकमाथि विभिन्न शीर्षकमा छलफल गर्न असार ६, ७ र ८ गते तोकिएको छ भने सम्बन्धित मन्त्रीले असार ९ र १० गते जवाफ दिने कार्यसूची बनाइएको छ।











