Kathmandu Press

एसपीपीबारे सरकारको निर्णय पेस गर्न संसदीय समितिको निर्देशन 

शुक्रबार बसेको बैठकको निर्णय सुनाउँदै समितिका सभापति पवित्रा निरौलाले एसपीपीबारे सरकारले मौखिक रुपमा नभई निर्णय नै पेस गर्न निर्देशन दिएका हुन्। 
एसपीपीबारे सरकारको निर्णय पेस गर्न संसदीय समितिको निर्देशन 
अन्तर्राष्ट्रय सम्बन्ध समितिकाे बैठक

काठमाडौं, असार ३ : संसदको अन्तर्रांष्ट्रिय समितिले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको छ।

शुक्रबार बसेको बैठकको निर्णय सुनाउँदै समितिका सभापति पवित्रा निरौलाले एसपीपीबारे सरकारले मौखिक रुपमा नभई निर्णय नै पेस गर्न निर्देशन दिएका हुन्। 
 
बैठकले एसपीपीको सन्दर्भमा अहिलेसम्म भएका पत्राचार तथा कागजातहरू पनि एक साताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ।
 
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको बारेमा पनि  प्रश्न उठिरहेको बताउँदै यसबारेमा जवाफ दिन प्रधानमन्त्रीलाई असार ५ गते समितिको बैठकमा बोलाउने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्