तारागाउँ विकास समितिको सदस्य सचिवमा थापा

काठमाडाैं, असार ३ : तारागाउँ विकास समितिको सदस्यसचिवमा डोटीको जोरायल गाउँपालिका–५ का महेन्द्र थापा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई सदस्यसचिवमा नियुक्त गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उक्त समितिमा विगत केही महिना यतादेखि अध्यक्ष तथा सदस्य सचिव पद रिक्त थियो।
उक्त समितिमार्फत नेपाली कला, संस्कृति र सौन्दर्य अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्ने, पर्यटकीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय सेवालाई गुणात्मक बनाउन तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने, सम्भाव्य ग्रामीण पर्यटकीय स्थलहरूको अध्ययन अनुसन्धान गर्ने, ग्रामीण पर्यटन पूर्वाधारको विकास र विस्तार गर्नेलगायत गतिविधिहरु भइरहेका छन्।
प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











