Kathmandu Press

भारी वर्षाको सम्भावना :  सतर्कता अपनाउन आग्रह

काठमाडाैं, असार ३ : जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको...
भारी वर्षाको सम्भावना :  सतर्कता अपनाउन आग्रह

काठमाडाैं, असार ३ : जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। 

विभागले आगामी २४ घण्टाका प्रदेश १ र मधेस प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ। उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैमा अनुरोध गरेको हाे]। 

वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अपिल गरिएको छ। 

हाल प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित  हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार प्रदेश १,  मधेस प्रदेश, बागमती,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ।

प्रदेश १,  मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १,  मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरुमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको रहेको छ। 

प्रकाशित मिति: १२:३४ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्