Kathmandu Press

एसपीपी सम्झौता खारेज हुन्छ : प्रचण्ड

चितवन, असार ३ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन्।आज यहाँ पत्रकारसँग...
एसपीपी सम्झौता खारेज हुन्छ : प्रचण्ड

चितवन, असार ३ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन्।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यो कार्यक्रममा एमसिसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताए। 'एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौं तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ,' उनले भने।

एमसिसी र एसपिपी दुवै परियोजना पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले दाबी गरे। 

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने  दाबी गरे । उनले भने, 'अहिले गठबन्धन जे हो त्यही जान्छ।'

पार्टीका एकदुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए।

प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्