Kathmandu Press

प्रदीप ज्ञवालीको प्रश्न : पत्र कुन सरकारको पालामा कसले लेखेको हो ? 

काठमाडौं, असार ३ : नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनेबारे लेखिएको पत्रको सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग गरेका...
प्रदीप ज्ञवालीको प्रश्न : पत्र कुन सरकारको पालामा कसले लेखेको हो ? 

काठमाडौं, असार ३ : नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनेबारे लेखिएको पत्रको सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वपरराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले पत्रको यथार्थता बारे प्रधानसेनापतिले जानकारी दिनुपर्ने बताएका हुन्। उनले कुन सरकारको पालामा कसले पत्र पठाएको हो भन्नेबारे संसदलाई जानकारी गराउन माग गरेका  छन्। 

‘‘यो सम्झौता कुन सरकारको समयमा लेखिएको हो र कसले लेखेको हो,’, प्रधानसेनापति शर्मालाई इंगित गर्दै उनले भने, ‘सम्मानित सदनलाई तपाईंले यथार्थ जानकारी गराउन जरुरी देखिएको छ।’ 
  
 उनले यो सम्झौता नेपालको हितमा नभएकाले अस्वीकार गरेर जानुपर्ने बताए। उनले नेपालको भूमि कसैको पनि हितमा प्रयोग हुन दिने र सैन्य गठबन्धनमा सहभागी हुने नेपालको परराष्ट्र नीति नभएको बताएका छन्। 

उनले यो सम्झौता अहिले नभई विगतमै भएको भनी सार्वजनिक भएकाले  सरकारले एसपीपी कार्यक्रममा सहभागी हुने भनी पत्र लेखेको हो जानकारी गराउन माग गरे। 

उनले यस्तो कार्यक्रममा सहभागी हुने कुरा संविधान विपरीत र नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत हुने नेपाली सेनालाई पनि जानकारीमै रहेको हुनुपर्ने बताए। 

प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्