नेपालले भन्यो- कालापानीबारे भारतले जारी गरेको एकपक्षीय नक्सा मान्य छैन
काठमाडाैं, कात्तिक २० : सरकारले सीमाबारे भारतले एकपक्षीय ढंगले गर्ने कुनै पनि निर्णय नेपाललाई मान्य नहुने स्पष्ट पारेको छ।
भारत सरकारल....
काठमाडाैं, कात्तिक २० : सरकारले सीमाबारे भारतले एकपक्षीय ढंगले गर्ने कुनै पनि निर्णय नेपाललाई मान्य नहुने स्पष्ट पारेको छ।
भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्नेमा जोड दिएको छ।
“दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने र एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,” बुधबार जारी विज्ञप्तिमा भनिएको छ।
परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पनि पारेको छ। नेपाल तथा भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगका बैठकबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने गरी जिम्मेवारी दिइएको उल्लेख छ।
सरकार आफ्नो अन्तर्राष्ट्रिय सिमाना रक्षाका लागि प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ। दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा सरकार दृढ रहेको विज्ञप्तिमा जनाइएको छ।
हेर्नुस् विज्ञप्ति :







